नेयमार र एमबाप्पेको ह्याट्रिकमा पीएसजीको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र २७, आइतबार

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोलले हराउँदै फराकिलो जित निकालेको हो ।
पीएसजीलाई जित दिलाउन क्रममा नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक गरे । खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो ।
१९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको दोब्बर बनाए । खेलको ४२ औं मिनेटमा क्लेरमोन्टको जोडेलले गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए ।
७१ औं मिनेटमा नेयमारको पेनाल्टीबाट टोलीको अग्रता ३–१ भयो । एमबाप्पेले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजी ४–१ ले अघि रह्यो ।
८० औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–१ को अग्रता दिलाए ।
खेलको ८३ औं मिनेटमा नेयमारले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६–१ गोलको फराकिलो जित दिलाए ।
यस जितसँगै पीएसजीले ३१ खेलमा ७१ अंक जोड्डै शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको छ ।
यस्तै क्लेरमोन्ट २८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स