arin enterprises

राजस्थानलाई हराउँदै पन्जावको विजय

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ३१, मंगलबार

 इन्डीयन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयललाई हराउँदै पन्जाव किंगस् विजय भएको छ ।

गयराति पन्जावले राजस्थानलाई ४ रनले हराउँदै आईपीएलमा आफ्नो विजयी सुरूवात गरेको हो ।

टस हारेर पहिलो ब्याटिंग गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२१ रन बनाउँदै रजस्थानलाई २२२ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१७ रन मात्र बनाएपछि पन्जावले खेल जितेको हो ।

पन्जावका लागि कप्टान के.एल राहुलले सर्वाधिक रन बनाए । उनले ५० बलमा ५ छक्का र ७ चौका प्रहार गर्दै ९१ रन बनाएको थिए ।

ओपनर मायंक अग्रवाले १४ रन मात्र बनाउन सफल भए । क्रिस गेलले २८ बलमा ४ चौका २ छक्का प्रहार गर्दै ४० जोडे । उनलाई बेन स्ट्रोकले क्याच आउट गराए ।

त्यसपछि दिपक हूडाले मात्र २८ बलमा ४ चौका र ६ छक्का मद्दतले ६४ रन बनाए ।

यता राजस्थानका लागि कप्टान सन्जु स्यामसनले ११९ रनको शतकीय पारी खेले । उनले ६३ बल खेल्दै ७ छक्का र १२ चौका हिर्काए ।

यसअघि ओपनर बेन स्ट्रोक शुन्यमा आउट भए भने मनन वोहराले १४ रन जोडे ।

त्यसबाहेक जोस बट्लरले २५, शिवम दुबेले २३ र रियान परागले २५ रन बनाए ।

बलिङमा पन्जावका लागि अर्शदिप सिंहले ३ मोहम्मद शामिले २ झाए रिचर्डसन र रिले मेरेडिथले १–१ विकेट लिए ।

राजस्थानका लागि चेतन सकारियाले ३, रियान परागले २ र क्रिस मोरिसले १ विकेट लिए ।

Categorized in स्पाेर्ट्स