arin enterprises

वडा नं. १६ मा कार्यवाहक अध्यक्ष पुष्प महर्जन नियुक्त

SamacharDesk | २०८० भाद्र २६, मंगलबार

काठमाडौं महानगरपालिका वडा नं. १६ मा पुष्प महर्जन कार्यवाहक अध्यक्षमा नियुक्त हुनु भएको छ ।

गत भाद्र २१ अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएपछि रिक्त रहेको पदमा कार्यवहाक अध्यक्षको जिम्मेवारी वडा सदस्य पुष्प महर्जन सम्हालेको हो ।

सोमवार भएको प्रमुखस्तरीय निर्णयबाट महर्जनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

वडा समितिको बैठकबाट महर्जनलाई कार्यवाहक अध्यक्ष शिफारिस गर्ने निर्णय भएपछि प्रमुखस्तरीय निर्णयले कार्यवाहक जिम्मेवारी तोकिएको हो ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ७ का क्षेत्रीय सभापति समेत रहनु भएका रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Categorized in स्थानीय