arin enterprises

कतारका आमिरको नेपाल भ्रमणमा भोलि सार्वजनिक विदा

SamacharDesk | २०८१ बैशाख १०, सोमबार

सरकारले मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

रामचन्द्र पोडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि भोलि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।

विदेशी राष्ट्रप्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । भ्रमणका क्रममा अमिर शेखले राष्ट्रपति पौडेलसँग भेटघाट गर्नुका साथै राष्ट्रपतिले उहाँको सम्मानमा दिने राजकीय भोजमा सहभागी हुने कार्यक्रम छ ।

भ्रमणको दोश्रो दिन बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय वार्ता हुने र वार्तामा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ ।

नेपालको इतिहासमा कतारका अमिर नेपाल भ्रमणमा आउन लागेको यो पहिलो पटक हो ।

Categorized in राष्ट्रिय