रविले सहकारीको रकम अपचलन गरेको पुष्टि
SamacharDesk | २०८१ भाद्र ३१, सोमबार

सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ ।
तत्कालिन गोर्खा मिडियाका प्रबन्ध निर्देशक तथा पूर्व गृहमन्त्री समेत रहेका रवि लामिछानेको सहकारीको बचत रहक अपचलन गरेको निष्कर्षमा संसदीय छानबिन विशेष समिति पुगेपछि उनलाई पनि कारवाहीको सिफारिस गरेको छ ।
सभापति सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन संसदमा आज बुझाईंदैछ । समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्याउने काम गरेका थिए ।
तर त्यसरी आएको रकम भने रवि मार्फत खर्च भएको छ । गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए ।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सहकारीबाट सोझै रकम निकालेको नभए पनि सहकारीबाट गोरखा मिडिया नेटवर्कमा ल्याइएको रकमको कारोबारमा भने संलग्न रहेको ठहर गरेको हो । रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ ।
लामिछानेले गोरखा मिडिया नेटवर्कको खातामा भएको रकमको कारोबार गरेको भए पनि त्यो रकम सहकारीका बचतकर्ताको भएकोले लामिछाने दोषी देखिने समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
रवि लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा भित्रिएको समितिले ठहर गरेको छ।
समितले रविसँगै ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसदमा पेश गर्दै छ।
Categorized in राष्ट्रिय