arin enterprises

‘घण्टी’ चिन्हसहित राजनीतिमा रवीको उदय

SamacharDesk | २०७९ आषाढ ७, मंगलबार

सञ्चारकर्म छाडेर राजनीतिको यात्रा आरम्भ गर्नुभएका रबी लामिछाने घण्टी चुनाव चिन्हसहित स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ ।

यसअघि स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने अड्कलबाजी चलिरहँदा लामिछानेले सबै स्वतन्त्र उम्मेदवारहरुलाई एकत्रित गर्दै लैजाने गरी स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

सञ्चारकर्म छोडेर राजनीतीमा आएका रबी लामिछानेले चुनाव चिन्ह घण्टी हुने भनिएको छ । आज राष्ट्रियसभामा गरिएको पार्टी घोषणासभामा समर्थकहरुको बाक्लै उपस्थिति थियो ।

टेलिभिजन कार्यक्रम मार्फत आम नागरिकका विषय उठान गरेर लोकप्रिय बन्नुभएका लामिछानेले केही दिन अघि मात्र राजनीतिमा प्रवेश गर्ने भन्दै सञ्चारकर्मबाट अलग हुनुभयो ।

२१ सदस्य रहने लामिछानेको पार्टीको केन्द्रीय कार्यालय वसुन्धरामा रहने बताइएको छ । चुनाव चिन्ह ‘घण्टी’ रहेको स्वतन्त्र पार्टीको नेतृत्वमा युवाको बाहुल्यता रहने उल्लेख छ ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेण्डासहित चुनावमा होमिने पार्टीमा ‘राइट टु रिकल एन्ड राइट टु रिजेक्ट’ को व्यवस्था, डिजिटल डेमोक्रेसीको अभ्यास, पार्टीमा परिवारवाद निषेध गर्ने तथा पार्टीलाई भ्रातृ संगठन र कार्यकर्तारहित बनाउने घोषणा गरिएको छ ।

पछिल्लो समय पेचिलो बहसको विषय बनेको संघीयता, धर्मनिरपेक्षता, राजतन्त्र र गणतन्त्रबारे केही पनी उल्लेख नगरिएको लामिछाने नेृत्वको पार्टीले आउँदो निर्वाचनमा सहभागीको विषयलाई पनि स्पष्ट पारेको छैन् ।

स्वतन्त्र ब्यक्तिलाई आफ्नो दलबाट निर्वाचनमा होमिन आग्रह गरेको लामिछाने नेतृत्वको पार्टीको संगठनात्मक संरचना कस्तो हुने भन्ने अहिले केही उल्लेख गरेको छैन । 

Categorized in राजनीति