arin enterprises

सय वर्षको उमेरमा राधादेवी जोशीको निधन

SamacharDesk | २०८० बैशाख २, शनिबार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकी जहान राधादेवी जोशीको आज बिहान निधन भएको छ ।

गएको एक सातादेखि विरामी भई पाटनको किस्ट अस्पतालमा उपचाररत रहनुभएका उहाँको आज बिहान ५:५६ बजे निधन भएको अस्पतालले जनाएको छ । उहाँ श्वासप्रश्वास सम्बन्धी समस्याले ग्रस्त हुनुहुन्थ्यो ।

गत छ महिना अघि मात्रै १०३ वर्षको उमेरमा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको निधन भएको थियो । उहाँके जहान राधादेवी जोशीको १०० वर्षको उमेरमा निधन भएको छ ।

गत चैत २८ गते जोशीको परिवारले सामान्य रुपमा जोशीको छ महिने श्राद्ध गरेका थिए । जोशीले आफ्नो निधनपछि कुनै पनि क्रियाकर्म गर्नु पर्दैन भन्नुभएको कारणले परिवारले सामान्य ढंगले श्राद्ध सम्पन्न गरेका हुन् ।

जोशीको छ महिने श्राद्ध गरिरहँदा पत्नी राधादेवी अस्पतालको आईसीयु कक्षमा हुनुहुन्थ्यो ।

जोशीका ज्येष्ठ पुत्र डा. अनुराज जोशीका अनुसार राधादेवी जोशीले पनि किष्ट अस्पताललाई शरीर दान दिने प्रतिवद्धता जनाउनुभएका कारण उहाँको पार्थिव शरीर पनि किष्ट अस्पताललाई दान दिने भएको छ ।

वाङ्मय शताब्दीपुरुष जोशीले पनि मृत्युउप्रान्त चिकित्सकीय अध्ययनका लागि आफ्नो शव किष्ट अस्पताललाई दान गर्नुभएको थियो ।

Categorized in राष्ट्रिय