आजदेखि वर्षामा कमी आउने
SamacharDesk | २०८१ आषाढ २५, सोमबार

जल तथा मौसम विज्ञान विभागले आजदेखि बर्षामा कमी आउने बताएको छ ।
नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै गएकोले मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा कमी आउने बिभागले जनाएको छ ।
आज विहान देशभर साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।
महाशाखाले पूर्व तयारी अपनाउन पनि सबैमा आग्रह गरेको हो ।
Categorized in राष्ट्रिय