arin enterprises

तीन दिनसम्म देशभर वर्षा हुने

SamacharDesk | २०७९ आषाढ १४, मंगलबार

जल तथा मौसम विज्ञान विभागल मनसुन अझ सक्रिय भएर तीन दिनसम्म देशभर वर्षा हुने जनाएको छ ।

पूर्वी नेपालमा गएरातीदेखि नै वर्षा हुने क्रम शुरु भएको छ । प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलबार राति पनि देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा हुनसक्ने विभागले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि ठूलो वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण पहिरो, भू–क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि विभागले सचेत गराएको छ ।

भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने आगामी बिहीबार पनि देशभर हल्कादेखि भारी ठूलो वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Categorized in राष्ट्रिय