arin enterprises

वरिष्ठ फोटो पत्रकार सुवाललाई पितृशोक

SamacharDesk – बिराज | २०८३ आषाढ १९, शुक्रबार

वरिष्ठ फोटो पत्रकार राजभाई सुवाल र गायक राजेन्द्र सुवाललाई पितृशोक परेको छ ।

राजभाई र राजेन्द्रका पिता पंचरत्न महर्जनको ८७ वर्षको उमेरमा हिजो राती निधन भएको हो । महर्जनको हिजो राती ९ः४१ मा उपचारको क्रममा बि. एन्ड बि. अस्पताल ग्वार्कोमा उपचारको क्रममा निधन भएको हो ।

उनको आज टेकुस्थित जम्बुदीप घाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय महर्जनलाई उनका ज्येष्ठ सुपुत्र राजेन्द्र सुवालले दागबत्ती दिएका थिए ।

स्वर्गीय महर्जनको करीब एक महिना अगाडी स्ट्रोक पछि स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

गत जेठ १२ गते उनलाई स्ट्रोक भएपछि उपचारको लागि केएमसी अस्पताल भर्ना गरिएको थियो भने उक्त अस्पतालबाट एक हप्ताको उपचार पछि डिस्चार्ज भएका थिए ।

फेरी स्वास्थ्य अवस्था खस्किँदै गएपछि उनलाई गत असार १० गते फेरी अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखी उपचार गरिँदै थियो । पछि उनलाई १५ गते भेन्टिलेटरबाट निकालिएको थियो भने हिजो राती उनको निधन भएको हो ।

स्वर्गीय महर्जन आफ्नो समयमा निकै चर्चित रंग कलाकार थिए । सो समयमा टोलटोलमा देखाइने दबू प्याखं (नाटक) मा आफ्नो अभिनयको कलाबाट धेरैको मन जितेका छन् ।

सो समयको उनले अभिनय गरेको गोविन्द चिकंमूबाट निर्देशित फ्वगिंया सर्बे सबैभन्दा चर्चित नाटक थियो भने निपु लँ पनि निकै चर्चित भएको थियो ।

महर्जनको परिवारमा उनकी श्रीमतिको साथमा तीन जना छोराहरु छन् । राजेन्द्र उनको जेठो छोरा हुन् भने राजभाई माइला र विजय सुवाल महर्जन कान्छो छोरा हुन् ।

Categorized in पेजथ्री