राजेन्द्र सुवालकाे ‘जि ला थौं ससः’ सार्वजनिकः भिडियाेसहित
SamacharDesk – बिराज | २०८१ आश्विन २१, सोमबार

गायक राजेन्द्र सुवालको नेपालभाषाको गीत ‘जि ला थौं ससः याकनं हे थ्यंका’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गायक सुवालको उक्त म्यूजिक भिडियो आज (सोमवार) अडियो नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
ईमेज च्यानलमा एक समय चर्चित रहेको नेपालभाषाको कार्यक्रम ‘समयबजि’ का निर्देशक साथै संचालक सुरेन्द्र मानन्धरले म्यूजिक भिडियोको निर्देशन गरेका छन् ।
हास्यव्यङ्ग क्षेत्रमै चर्चित निर्देशक मानन्धरले यस गीतलाई कमेडी टाइपकै बनाएको जानकारी दिए ।
संगीतकर्मी बुद्ध सायमिले छायाङ्कन गरेका दृश्यहरुको सम्पादन ईन्द्र मानन्धरले गरेका छन् । कीर्तिपुरको चिलंच्व विहार, बाघभैरव, जोशी ननि र नेवाः लहना लगायतका ठाउँहरुमा गीतको छायाङ्कन गरिएको छ ।
म्यूजिक भिडियोमा मोडलद्वय महेन्द्र खड्गी र मीरा डंगोल मुख्य कलाकारको रुपमा छन् । पुरु श्रेष्ठ, रन्जना श्रेष्ठ, सरिता श्रेष्ठ थापा र निर्देशक सुरेन्द्र मानन्धर समेतले सहायक कलाकारको रुपमा अभिनय गरेका छन् ।
गीतमा कोरीयोग्राफी मोडलद्वय खड्गी र डंगोलले नै गरेका छन् ।
गीतको रचना ई संजय शाक्यले गरेका छन् भने संगीत बुद्ध सायमिकै रहेको छ ।
Categorized in पेजथ्री