arin enterprises

राजस्थान रोयल्सको पहिलो जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ३, शुक्रबार

इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

बिहिबार राति भएको खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थान रोयल्सले पहिलो जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले दिएको १४७ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको राजस्थानले ७ विकेट गुमाएर अन्तिम २ बल अगाडि पुरा गर्‍यो ।

राजस्थानका लागि डेभिड मिलरले सर्वाधिक ६२ रन बनाए । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए ।

क्रिस मोरिसले १८ बलमा ४ छक्का प्रहार गर्दै ३६ रन बनाए ।

यस्तै राजस्थानका लागि राहुल तेवाटियाले १९  र जयदेव उनादकटले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेन ।

यसअघि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।

दिल्लीका कप्तान ऋषभ पन्तले अर्धशतकीय पारी खेले । उनले ३२ बलमा ९ चौका प्रहार गर्दै ५१ रन बनाए ।

त्यस्तै टम करनले २१, ललित यादवले २० र क्रिस वक्सले अविजित १२ रन बनाए ।

बलिङमा राजस्थानका जयदेव उनादकटले ३, मुस्तफिजुर रहमानले २ र क्रिस मोरिसले एक विकेट लिए ।

यता दिल्लीका लागि आभेस खानले ३ विकेट लिए। यस्तै क्रिस वाक्स र कागिशो रबाडाले समान २–२ विकेट लिए ।

 

Categorized in स्पाेर्ट्स