arin enterprises

राजस्थान रोयल्सको जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १२, आइतबार

 आइपिएलमा राजस्थान रोयल्सले जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कोकलताले ९ विकेटको क्षतिमा १३३ रन मात्र जोड्न सक्यो।कोलकताको लागि राहुल त्रिपाठीले सबैभन्दा बढी ३६ रन बनाए ।

नितिस राणाले २२ रन जोड्दा दिनेश कार्तिकले जोडे । तर अन्य ब्याट्स्म्यान सस्तैमा समेतिए ।

बलिङमा राजस्थानका क्रिस मोरिसले ४ विकेट लिए । त्यस्तै मुस्ताफिजूर रहमान, चेतन सकारिया, जयदेव उनादकटले १–१ विकेट लिए ।

१३४ रनको लक्ष्य पाएको राजस्थानले ४ विकेटको क्षतिमा १८.५ ओभरमा पार गर्‍यो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले २ चौका र १ छक्का सहित नटआउट ४२ रन जोडे ।

त्यस्तै यशस्वी जैसवालले २२रन, शिवम् दुवेले २२ रन र देविद मिलरले २४ रन जोडे ।

अंक तालिकाको पुछारमा रहेको कोलकताको यो पाँच खेलमा चौथो हार हो।

 

 

 

Categorized in स्पाेर्ट्स