arin enterprises

राजोपाध्याय समाजले पुस्तक मेला आयोजना गर्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ आषाढ १, बुधबार

राजोपाध्याय समाजले पुस्तक मेला आयोजना गर्ने भएको छ । उपत्यकाका आदिवासी देव ब्राम्हण समुदायको रुपमा परिचित राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजले यहि असार ३ गते शु्क्रबार पुस्तक मेला आयोजना हुन लागेको हो ।

खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा हुन लागेको मेलामा विशेष छुटका साथ विभिन्न किताबहरु खरिद गर्न सकिने कार्यक्रम संयोजक सुजित राजोपाध्यायले बताए ।

मेलामा विभिन्न वेद, तन्त्र, संस्कृति, संस्कार आदिसँग सम्वन्धित विभिन्न पुस्तकका साथमा विभिन्न साहित्यिक पुस्तकहरु समेत मेलामा राखिने संयोजक राजोपाध्यायले बताए ।

सोही कार्यक्रममा सह प्राध्यापक स्व. गोबर्धन शर्माद्वारा लिखित ‘उपन्यासया चाकलय् गिरिजा’ नामक पुस्तक पनि बिमोचन गरिने आयोजक संस्थाले बताएको छ ।

नेपालभाषा साहित्य क्षेत्रमा महाकवि भनेर चिनिने गिरिजा प्रसाद जोशीले लेखेका विभिन्न उपन्यासहरुको गोवर्धन शर्माले गरेका समालोचनाहरुलाई संकलन गरी पुस्तकको रुपमा प्रकाशन गर्न लागिएको समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताए ।

स्व शर्माको २०६५ सालको भाद्र १३ गते निधन भएको थियो । उनले आफ्नो जीवनकालमा लेखेका समालोचनाहरुलाई संकलन गरेर अहिले पुस्तकको रुपमा प्रकाशन गर्न लागिएको हो ।

Categorized in समाज