arin enterprises

मुस्लिम धर्मावलम्बीहरुको पर्व रमजान सुरु

SamacharDesk | २०७९ चैत्र ११, शनिबार

मुस्लिम धर्मावलम्बीको मुख्य पर्व रमजान सुरु भएको छ । यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ ।

एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।

रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार पहिलो दिन बिहान ४स्१० बजेदेखि बेलुका ६स्२० बजेसम्म निराहार ९रोजा० बस्नुपर्छ ।

शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।

रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछ ।

नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।

Categorized in राष्ट्रिय