arin enterprises

आलिया र रणवीर विवाह बन्धनमा

SamacharDesk | २०७९ बैशाख २, शुक्रबार

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर बिवाह बन्धनमा बाँधिएकी छन् ।

महिनौंदेखि दुवैको विवाहको चर्चा चलिरहेको थियो । उनीहरुको बैवाहिक कार्यक्रमको शुरुवात भने बुधवारदेखि नै शुरु भएको हो ।

१३ अप्रिलमा दुबैको मेहन्दी कार्यक्रम रहेको थियो । जसमा करिना कपुर, करिश्मा कपुरदेखि पूजा भट्ट सम्म पुगेका थिए । दुवैको विवाहको तयारी पूरा भएको भारतीय संचार माध्यमले जनाएका छन् ।

बिवाहका लागि गीत संगितका कार्यक्रमहरु पनि तय गरिएको छ । यो विवाहमा फिल्मी क्षेत्रका धेरै कलाकारहरूको सहभागी थिए । बिवाहको सूचिमा धेरै ठुला कलाकार र फिल्म निर्देशकको नाम समावेश गरिएको छ ।

विवाह हिजो १४ अप्रिलमा भएको छ भने विवाहको रिसेप्सन पाँच दिन अर्थात् अप्रिल १७ देखि १८ सम्म हुनेछ । विवाह संस्कार आरके हाउसमा भएको थियो ।

रणविर र आलियाको प्रेमकथाको बारेमा कुरा गर्दै आलिया भट्टले आफ्नो पहिलो फिल्म रिलिज हुनुअघि नै रणवीर कपूरप्रतिको आफ्नो प्रेम लगभग खुलासा गरिसकेकी थिइन् । त्यो वर्ष २०१२ थियो जब आलियाको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ आएको थियो ।

आलिया र रणवीरको विवाह मुम्बईको आरके हाउसमा भएको छ ।

विवाह समारोहमा कपूर र भट्ट परिवारसँगै उनका नजिकका साथीहरू पनि सहभागी हुनेछन्। आलियाले बिहेअघि आफ्ना खास साथीहरूसँग ब्याचलर पार्टी पनि गर्ने छिन् ।

Categorized in पेजथ्री