arin enterprises

रतन टाटाको निधन

SamacharDesk | २०८१ आश्विन २४, बिहिबार

भारतीय उद्योगपति तथा टाटा समूहका मालिक रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ ।

टाटा भारतको सबैभन्दा प्रतिष्ठित र अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारीमध्येका एक थिए । टाटाको वार्षिक कारोबार एक खर्ब डलरभन्दा बढी छ ।

टाटाको मृत्युको घोषणा गर्दै टाटा सन्सका वर्तमान अध्यक्षले उनलाई “वास्तवमै असामान्य नेता’’ भनेर वर्णन गरेका छन् ।

समुहका अध्यक्ष नटराजन चन्द्रशेखरनले सम्पूर्ण टाटा परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

टाटा समूहको अध्यक्षको रूपमा आफ्नो कार्यकालमा रतन टाटाले थुप्रै बेलायती तथा अन्तराष्ट्रिय व्यापारिक घरानालाई आफ्नो समुहमा समाहित गराएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई “दूरदर्शी व्यापारी नेता, एक दयालु आत्मा र एक असाधारण मानव’’ को रूपमा प्रशंसा गरेका छन् ।

सन् २००८ मा भारत सरकारले उनलाई देशको दोस्रो–सर्वोच्च नागरिक सम्मान पद्मविभूषण प्रदान गरेको थियो ।

Categorized in अन्तर्राष्ट्रिय