arin enterprises

रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १५, बुधबार

आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ ।

गयरातिको खेलमा दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारे पछि बैंग्लोर शिर्ष स्थानमा उक्लिएको हो ।

 बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले नटआउट ५८रन , शिमरोन हेटमायरले नटआउट ५३ रन, मार्कस स्टोइनिसले २२ रन र पृथ्वी शाले २१ रन बनाए पनि दिल्लीलाई जिताउन सकेन । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लारले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनायो ।

उसका लागि एबी डिभिलियर्सले ४२ बलमा पाँच छक्का र तीन चौकासहित नटआउट ७५ रन बनाए । योसँगै डिभिलियर्सले कम बल खेल्दै आईपीएल इतिहासमा सर्वाधिक छिटो पाँच हजार रन पूरा गर्ने ब्याट्सम्यानको कीर्तिमान पनि बनाए ।

रजद पाटिदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कले १७ र विराट कोहलीले १२ रनको योगदान दिए ।

बलिङमा बैंग्लोरका हर्षल पटेलले २ विकेट लिए। कायल जेमिसन र मोहम्मद सिराजले १–१  विकेट हात पारे।

दिल्लीका लागि अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आवेश खान र कागिसो रबाडाले १–१ विकेट लिए ।

यो जितसँगै बैंग्लोरले ६ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने दिल्ली भने समान खेलमा ८ अंकले तेस्रो स्थानमा झरेको छ ।

 

 

 

 

 

Categorized in स्पाेर्ट्स