रोयल च्यालेन्जर्स बैंग्लोरकोे लगातार तेस्रो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ६, सोमबार

रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको छ ।
आइतवार भएको खेलमा कोलाकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार तेस्रो जित निकालेको हो ।
टस जितेर ब्याटिंग गरेको बैंग्लोरले दिएको २ सय ५ रनको बिशाल लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६६ रन मात्र बनाउन सफल भयो ।
कोलकताका लागि आन्द्रे रसेलले ३०, कप्तान इयोन मोर्गनले २९, शाकिवअल हसनले २६, राहुल त्रिपाठीले २५, शुभमन गिलले २१, नीतिश राणाले १८ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।
बैंग्लोरका लागि ग्लेन म्याक्सेवल र एबी डिभिलियर्सले आक्रामक अर्धसतक बनाए । म्याक्सवेलले ४९ बलमा ९ चौका र तीन प्रहार गर्दै ७८ रन बनाउँदा डिभिलियर्सले ३४ बलमा ९ चौका र ४ छक्का हिर्काउँदै नटआउट ७६ रनको योगदान दिए।
यस्तै देवदत्त पाडिक्कलले २५, कायल जेमिसनले अविजित ११ रन बनाउँदा कप्तान विराट कोहलीले र रजत पाटिदार सस्तैमा समेटिको थियो ।
बलिङमा कोलकताका लागि वरूण चक्रवर्तीले दुई, प्याट कमिन्स र प्रशिद्ध कृष्णाले १–१ विकेट लिए ।
बैंग्लोरका लागि कायल जेमिसनले ३ विकेट लिए । यस्तै हर्षल पटेल, युजवेन्द्र चहलले २–२ विकेट लिँदा वासिङ्टन सुन्दरले १ विकेट हात पारे ।
यो जितसँगै बैंग्लोरले ३खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने कोलकताले ३ खेलमा २ अंक जोड्दै छैठौँ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स
