ओसासुनामाथि रियल बेटिसको जित
SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २०, मंगलबार

स्पेनिश ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल बेटिसले ओसासुनालाई हराएको छ ।
आफ्नै मैदान बेन्टिनो भिल्लामरिनमा भएको खेलमा रियलले ओसासुनालाई १–० गोलले पराजित गरिदिएको हो ।
खेलको ७९ औं मिनेटमा बोर्जा इग्लेसियासले गरेको गोलले रियलको जितको निर्णय गरिदियो ।
यो जितपछि रियल बेटिस २१ खेलबाट ३० अङ्कसहित ७ औं स्थानमा छ । २१ खेलबाट १९ अङ्कसहित ओसासुना १७ औं स्थानमा छ ।
शिर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडको १९ खेलबाट ५० अङ्क छ ।
Categorized in स्पाेर्ट्स