arin enterprises

रियल र जिरोना विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष १९, बिहिबार

स्पेनिस ला लिगामा शीर्ष स्थानको रियल म्याड्रिडले विजयी हारिल गरेको छ । गयराति रियलले मालोर्कालाई १–० गोलले पराजित गरेको हो ।

रियलको संघर्षपूर्ण जितमा डिफेन्डर रुडिगरले ७८ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यस्तै गयराति नै भएको अर्को खेलमा रियलसँगै उपाधि होडमा रहेको जिरोनाले एट्लेटिको म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको छ ।

योसँगै अंक तालिकामा रियलले १९ खेलबाट ४८ अंक जोड्दै शीर्ष स्थानमै यथावत रहेको छ । दोस्रो स्थानको जिरोनाको पनि ४८ अंक नै छ ।

यस्तै तेस्रो स्थानको एट्लेटिकोको ३८ अंक छ भने एक खेल कम खेलेको बार्सिलोना ३८ अंक जोडेर चौथो स्थानमा छ ।  

Categorized in स्पाेर्ट्स