रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ११, बिहिबार

स्पेनिश ला लिगामा बुधबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा पुगेको छ ।
बुधबार राती भएको खेलमा रियाल म्याड्रिडले मालोर्कालाई २(० ले हराउँदै पुनःशीर्ष स्थानमा कब्जा जमाएको हो ।
अल्फ्रेडो डि स्टेफानो स्टेडियममा खेलिएको खेलको पहिलो हाफमा रियाल म्याड्रिडले १(० को अग्रता लियो ।
रियाल म्याड्रिडको लागि भिनिसियस जुनियरले १९औं मिनेटमा पहिलो गोल गरेका थिए ।
त्यस्तै रियालका कप्तान सर्जियो रामोसले ५६औं मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर बनाएपछि रियाल म्याड्रिडले २(० को नतिजा सहित खेल आफ्नो पक्षमा पारेको हो ।
यो खेलपछि रियाल म्याड्रिड र बार्सिलोना दुवैको ३१ खेलबाट ६८ अंक रहेको छ ।
तर हेड टु हेडको आधारमा रियालले बार्सिलोनालाई उछिनेर शीर्ष स्थानमा उक्लेको हो ।
बुधबार राती नै भएको अर्को खेलहरुमा अलाभेस्लाई ओसासुनाले १(० ले हराएको छ भने सेल्टिक भिगोले रियल सोसिडाडलाई पनि १(० ले नै हराएको छ ।
Categorized in स्पाेर्ट्स