arin enterprises

दुई अंकको अग्रतासहित रियल म्याड्रिड पूनः शीर्ष स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १५, सोमबार

स्पेनिस ला लिगामा आइतबारको खेल जित्दै रियाल म्याड्रिड पुनः शिर्ष स्थानमा पुनरागमन गरेको छ ।

अंक तालिकाको अन्तिममा रहेको इस्प्यान्योललाई पराजित गर्दै रियाल म्याड्रिड पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

आइतबार राति भएको खेलमा रियाल म्याड्रिडले इस्प्यान्योललाई १–० गोलले पराजित गर्यो ।

कोर्नेल–एल पर्ट रंगशालामा बिना दर्शक खेलाइएको खेलको पहिलो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा रियल म्याड्रिडको लागि कासेमिरोले निर्णायक गोल गरे ।

यो जितसँगै रियालले ३२ खेलबाट ७१ अंक जोडेको छ ।

शीर्ष स्थानमा उक्लिएको रियल म्याड्रिडले बार्सिलोनासँग दुई अंकको अग्रता लिएको छ ।

दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ । 

तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५८ अंक छ ।

Categorized in स्पाेर्ट्स