arin enterprises

रियाल म्याड्रिड उपाधि नजिक

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २७, शनिबार

रियाल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । शुक्रबार राति अलाभेसलाई २–० गोलले पराजित गर्दै रियाल ला लिगाको उपाधि नजिक पुगेको हो ।

रियाल म्याड्रिडको घरेलु मैदान एस्टाडियो अल्फ्रेडो डि स्टेफानोमा खेलाइएको खेलको पहिलो हाफमा रियालले पहिलो गोल गर्यो ।

खेलको ११ औं मिनेटमा अलाभेसका जिमो नाभार्रोले फेर्ल्यान्ड मेन्डेलाई फाउल गरेपछि रियालले पेनाल्टी पायो । सोही पेनाल्टीको सदुपयोग गर्दै करिम बेन्जामाले टिमको लागि पहिलो गोल गरे । 

दोस्रो हाफ सुरु भएको पाँचौ मिनेटमा रियालले अग्रता दोब्बर बनाये । पहिलो गोल गर्ने बेन्जिमाले अर्को गोलको लागि मद्दत गरे । 

बेन्जिनमाको पासमा मार्को एसेन्सियोले रियालका लागि ५० औं मिनेटमा दोस्रो गोल गरे ।

ला लिगामा अब जम्मा तीन चरणका खेल बाँकी छन् भने रियाल म्याड्रिडलाई उपाधि जित्नको लागि मात्र दुई जितका् आवश्यक्ता रहेको छ ।

बार्सिलोनाले हार बेहोरेको वा बराबरीमा रोकिएको खण्डमा रियालका लागि उपाधी जित्न अझ सहज हुनेछ ।

यता बार्सिलोनाले उपाधि जित्न भने बाँकी रहेका तीनै खेल जितेर मात्र पुग्दैन त्यसमा रियालले दुईवटा खेलमा अंक गुमाउनु पर्ने हुन्छ ।

हाल लिगको शीर्ष स्थानमा रहेको रियालले ३५ खेलबाट ८० अंक जोडेको छ भने दोस्रो स्थानको बार्सिलोनाको समान खेलमा ७६ अंक रहेको छ ।

Categorized in स्पाेर्ट्स