रियल म्याड्रिडको पुनरागमन जित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर २७, बुधबार

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा रियलले जर्मनी टोली युनियन बर्लिनमाथि ३–२ को पुनरागमण जित निकालेको हो ।
ओलिम्पया रंगशालामा रियाललाई जित दिलाउन जोसेलुले दुई तथा ड्यानी सिबेलोसले एक गोल गरका थिए भने घरेलु टोलीका लागि बर्लिनका लागि केभिन भोल्यान्ड र एलेक्स केरलले गोल गरे ।
रियलले खेलको ४५ औं मिनेटमा पेनाल्टी पाएको थियो । तर, लुका मोड्रिच पेनाल्टीमा चुक्दा रियालले अग्रता लिने अवरसबाट चुक्यो ।
खेलमा पहिलो हाफको इन्जुरी समयमा भोल्यान्डको गोलमार्फत घरेलु टोली युनियन बर्लिनले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६१ औं मिनेटमा जोसेलुले रियालका लागि बराबरी गोल फर्काए ।
खेलको ७२ औं मिनेटमा जोसेलुले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए ।
यता बर्लिनका लागि खेलको ८५ औं मिनेटमा केरलले गोल गर्दै बर्लिनलाई २–२ को बराबरीमा ल्याए ।
खेलको ८९ औं मिनेटमा सिबेलोसले गोल गर्दै रियललाई ३–२ को जित दिलाए ।
जितसँगै समूह रियले चरणमा शतप्रतिशत जित निकालेको छ । रियलले ६ खेलमा १८ अंक जोड्डै समूह ‘सी’ को शीर्ष स्थानमा छ ।
पराजित बर्लिन ६ खेलबाट २ अकंका साथ पुछारमा रहँदै समूह चरणबाटै बाहिरिसकेको छ ।
Categorized in स्पाेर्ट्स