arin enterprises

रियल म्याड्रिडले भालेकानालाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ११, बिहिबार

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड विजय भएको छ । बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २–१ गोलले हराएको हो ।

रियलको घरेलु मैदानमा भएको खेलको ३१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४ औं मिनेटमा राउल डी टोमसले गोल गर्दा भालेकानोलाई १–१ गोलको बराबरीमा ल्याए ।

रोड्रिगोले  ८९ औं मिनेटमा गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

यो जितसँगै ३६ खेलमा ७४ अंक जोड्डै रियल दोस्रो स्थानमा रहेको छ । भालेकानो ४६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स
SKIP THIS maharjan complex bumper adv