arin enterprises

रियल म्याड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २४, शुक्रबार

स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार पोर्चुगिज क्लब बर्नवेउमा स्पोर्टिङ ब्रागालाई ३–० ले हराउँदै रियल प्रतियोगिताको नकआउट चरण प्रवेश गरेको हो ।

रियलले दुई खेल बाँकी छँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको हो ।

समूह सीमा शीर्ष स्थानमा रहेको रियलले ४ खेलबाट १२ अंक जोडेको छ । उसले दुई खेल बाँकी रहदाँ तेस्रो स्थानको स्पोर्टिङ ब्रागासँग ९ अंकको दुरी कायम राख्यो ।

ब्रागाले सुरुवातमै पेनाल्टीमार्फत खेलमा अग्रता लिने अवसर गुमाएको थियो । ब्रागाका अल्भारो जालोको पेनाल्टी प्रहारलाई गोलकिपर एन्ड्री लुनिनले विफल पारेका थिए ।

खेलको २७ औं मिनेटमा ब्राहिम डियाजको गोलबाट रियलले अग्रता लिए । दोस्रो हाफको ५८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियलको अग्रतालाई दोब्बर बनाए ।

उनै भिनिसियसको पासमा रोड्रिगोले ६१ औं मिनेटमा तेस्रो गोल गर्दै रियललाई ३–० को फराकिलो जित दिलाए । 

समूह सीकै खेलमा इटालियन क्लब नापोली र युनियन बर्लिनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

नापोली ७ अंक सहित दोस्रो र युनियन बर्लिन १ अंक सहित समूहको पुछारमा छ ।

Categorized in स्पाेर्ट्स