रियाल म्याड्रिड उपाधिबाट दुई अंक टाढा
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ३०, मंगलबार

रियाल म्याड्रिड स्पेनिस ला लिगाको उपाधिको निकै नजिक पुगेको छ । अब रियाल उपाधिबाट अन्तिम दुई खेलबाट मात्र दुई अंक टाढा रहेको छ ।
सोमबारको खेलमा रियालले ग्रानडालाई हराउँदै उपाधीसँगको दुरी छोट्याएको हो ।
सोमबार राति भएको खेलमा रियालले ग्रानडालाई २–१ गोलले पराजित गर्यो ।
ग्रानडाले आफ्नै घरेलु मैदान लस कारमेनेस्मा खेलमा रियालसँग हार व्यहोर्नुपरेको हो ।
रियालका लागि फरल्यान्ड मेन्डेले १० औं मिनेटमा पहिलो गोल गरे । १६ औं मिनेटमा करिम बेन्जिमाले अग्रता दोब्बर बनाए ।
दार्विन मचिसले ५० औं मिनेटमा गरेको गोल ग्रानडाका लागि सान्त्वना मात्र बन्यो ।
यदि शुक्रबार भिल्लारियल विरुद्ध जित हात पारे रियलले एक खेल अघि नै उपाधि जित्नेछ ।
शीर्ष स्थानको रियालले ३६ खेलमा ८३ अंक जोडेको छ ।
उपाधि होडमा रहेको दोस्रो स्थानको बार्सिलोनाले ३६ खेलमा ७९ अंक बटुलेको छ ।
Categorized in स्पाेर्ट्स