arin enterprises

संघर्षपूर्ण जीतपछि रियाल म्याड्रिडको बार्सिलोनासँग ४ अंकको अग्रता

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ १९, शुक्रबार

स्पेनिश ला लिगाको विहिबारको खेलमा रियाल म्याड्रिडले संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोनासँग ४ अंकको दुरी बनाएको छ ।

बिहिवार राति भएको निकै प्रतिस्पर्धात्मक खेलमा शीर्ष स्थानको रियाल म्याड्रिडले छैठौं स्थानको गेटाफेलाई १–० ले हराएको हो ।

रियाल म्याड्रिडको घरेलु मैदान अल्फ्रेडो डि स्टेफानो स्टेडियममा बिना दर्शक खेलिएको खेलमा सर्जियो रामोसले रियल म्याड्रिडको लागि निर्णायक गोल गरेका थिए ।

रामोसले ७९ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।

मंगलवार राति भएको अरु खेलमा  भिल्लार्रियलले रियल बेटिसलाई २–० ले हराएको छ ।

त्यस्तै रियाल सोसिडाडले इस्प्यान्योललाई १–२ले हराएको छ भने ईबारले ओसासुनालाई २–० ले हराएको छ ।

रियाल म्याड्रिडको यो जितसँगै ३३ खेलबाट ७४ अंक जोडेको छ भने समान खेलमा बार्सिलोना ७० अंक जोड्दै दोस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स