बेन्जेमाको ह्याट्रिकसँगै रियल फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २३, बिहिबार

रियल म्याड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई ४–० ले हराउँदै रियल कोपा डेल रेको उपाधि नजिक पुगेको हो ।
रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिक गरे । रियल भालाडोलिड विरूद्ध गत आइतबार ह्याट्रिक गरेका बेन्जेमाको यो लगातार दोस्रो खेलमा ह्याट्रिक हो ।
पहिलो लेगमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै रियलले बार्सिलोनामाथि सानदार जित निकालेको हो ।
पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोलमा रियलले अग्रता लिएको थियो । दोस्रो हाफमा रियलका लागि ५० औं मिनेटमा बेन्जेमाले गोल गर्दै अग्रता दोब्बर पारे ।
५८औं मिनेटमा बेन्जेमाले पेनाल्टी मार्फत व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता ३–० मा पुग्यो । बेन्जेमाले खेलको ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
अब रियलले उपाधिका लागि आगामी मे ६ मा ओसासुनासँग खेल्नेछ।
Categorized in स्पाेर्ट्स