arin enterprises

रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २९, आइतबार

स्पेनिस ला लिगाको अंक तालिकामा रियल शीर्ष स्थानमा उक्लिएको छ ।

गयराति भएको खेलमा रियलले बार्सिलोना २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा खेलेको रियलले दुवै गोल पहिलो हाफमै गरे ।

१३ औं मिनेटमा रियलको लागि करिम बेन्जिमाले पहिलो गोल गरे । २८ औ मिनेटमा टोनी क्रुसले अर्को गोल थप्दै अग्रता दोव्वर पारे ।

बासिलोनाको लागि ओस्करले ६० औं मिनेटमा एक गोल फर्काए ।

त्यस्तै ९० औं मिनेटमा काजिमिरोले दोस्रो पहेलो कार्ड पाउदै मैदान छोड्नु पर्दा रियल १० खेलाडिमा सिमित भएको थियो । उनले ओस्करलाई फल गरेपछि दास्रो पहेँलो कार्ड पाएको हो ।

काजिमिरोले ८९ औं मिनेटमा मेसिलाई फल गर्दा पहिलो पहेँलो कार्ड पाएको थियो । 

यो जितसँगै ३० खेलमा ६६ अकंले रियल शीर्ष स्थानमा उक्लिएको छ । 

तेस्रो स्थानमा झरेको बार्सिलोनाको ३० खेलमा ६५ अंक छ भने एक खेल कम खेलेको एट्लेटिको म्याड्रिड ६६ अंक जोड्दै दोस्रो स्थानमा झरेको छ ।

Categorized in स्पाेर्ट्स