arin enterprises

रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ८, आइतबार

 स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेपछि दोस्रो स्थानमा उक्लिएको हो ।

सेल्टा भिगोको घरेलु मैदान स्टाडियो बलाईदोसमा भएको खेलमा रियलको लागि कप्टान करिम बेन्जिमाले २ गोल गरे । उनले खेलको २० औं र ३०औं मिनेटमा गरी दुई गोल गरे ।

४०औं मिनेटमा सेल्टा भिगोका मिना लोरेन्जोले गोल फर्काए ।

दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा रियलका लागि मार्को एसेन्सियोले तेस्रो गोल गर्दै रियललाई ३–१ गोलले जित दिलाए ।

यो जितसँगै दोस्रो स्थानमा रहेको रियलले २८ खेलबाट ६० अंक जोडेको छ भने तेस्रो स्थानमा झरेको बार्सिलोनाको २७ खेलबाट ५९ अंक रहेको छ ।

त्यस्तै शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको २७ खेलबाट ६३ अंक छ । 

 

Categorized in स्पाेर्ट्स