arin enterprises

एइबारलाई हराउँदै रियल दोस्रो स्थानमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २२, आइतबार

स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले एइबार माथि जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

रियलले आफ्नो घरेलु मैदानमा एइबार माथि २–० गोल अन्तरले जित हासिल गरेको हो ।

गयराति भएको खेलमा एसेन्सियोले खेलको ४१औं मिनेटमा रियलको लागि पहिलो गोल गरे ।

७३ औं मिनेटमा करिम बेन्जिमाले रियलको अग्रता दोब्बर पारेको थियो ।उनले रियलका लागि पछिल्ला ७ खेलमा ९ गोल गरेका छन्।

यो जितसँगै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लियो । रियलको २९ खेलबाट ६३ अंक भएको छ। तेस्रो स्थानमा झरेको बार्सिलोनाको २८ खेलबाट ६२ अंक छ ।

त्यस्तै एट्लेटिको म्याड्रिडले रियल भन्दा ३ अंक बढी जोड्दै शीर्ष स्थानकमा छ । एट्लेटिकोको २८ खेलबाट ६६ अंक छ ।

Categorized in स्पाेर्ट्स