arin enterprises

एल क्लासिकोमा रियल विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १२, आइतबार

स्पेनिस ला लिगाको एल क्लासिकोमा रियल म्याड्रिड विजय भएको छ । यस रोमाञ्चक प्रतिस्पर्धामा रियलले बार्सिलोनालाई २–१ गोल अन्तरले हराएको हो ।

बर्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलका दुवै गोल जुड बेलिंघमले गरे । उनले खेलमा ६८ औं मिनेट र दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

खेलमा अग्रता भने बार्सिलोनाले इल्काए गुन्डोगनको गोलमा लिएको थियो । गुन्डोगनले खेलको छैटौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा रियलमाथि बार्सिलोनाले अग्रता बनाएको थियो । तर दोस्रो हाफमा रियल घरेलु टोलीमाथि हावी हुन पुग्यो ।

यो जितसँगै रियल शीर्षस्थानमा उक्लिएको छ । रियलले ११ खेलमा रियलको २८ जोडेको छ ।

दोस्रो स्थानमा रहेको जिरोनाको पनि समान २८ अंक छ ।

पराजित बार्सिलोना २४ अंक सहित तेस्रो स्थानमा छ ।

Categorized in स्पाेर्ट्स