arin enterprises

रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २०, सोमबार

रियल म्याड्रिडले स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

आईतबार राति रायो भालेकानोसँग गोल रहित बराबरी खेलेपछि रियलले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको हो ।

बर्नबेउमा भएको खेलमा रियलले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि रियललाई तालिकाको दोस्रो स्थानमा राख्यो । पाहुना टोलीले सन् २००० पछि पहिलो पटक रियलसँग उसैको घरेलु मैदानमा अंक खोस्न सफल भएको छ ।

रायो भालेकानो १२ खेलबाट १८ अंक सहित नवौं स्थानमा उक्लिएको छ ।

रियल २९ अंक सहित दोस्रो स्थानमा छ । रियलले शीर्ष स्थानको गिरोना भन्दा २ अंकले पछि रह्यो ।

गिरोनाले शनिबार ओसासुनामाथि ४–२ को जित सहित शीर्ष स्थान कब्जा गरेको थियो । 

Categorized in स्पाेर्ट्स