बेलिंघमको शानदार प्रदर्शनमा रियल विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० मङ्सिर १४, बिहिबार

च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल म्याड्रिडले नापोलीलाई हराएको छ । बिहीबार समूह सीको खेलमा रियलले इटालीयन क्लब नापोलीलाई ४–२ गोलले हराएको हो ।
रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा बेलिंघमले डेभिड अल्बाको क्रसमा २२ औं मिनेटमा गोल गर्दै रियललाई २–१ ले अघि बढाएका थिए ।
योसँगै जुड बेलिङघम च्याम्पियन्स लिगमा रियलका लागि सुरुवाती चार खेलमा लगातार गोल गर्ने पहिलो खेलाडी बने । २० वर्षिया खेलाडीको रियलका लागि १६ खेलमा गरेको यो १५ औं गोल हो ।
रियलले यस सिजन च्याम्पियन्स लिगमा शतप्रतिशत जितको नतिजा निकालेको छ । जियोवानी सिमोनले नवौं मिनेटमा पाहुना टोली नापोलीलाई खेलमा अघि बढाएका थिए ।
रियलका रोड्रिगोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बेलिंघमले दिलाएको अग्रतालाई आन्द्रे फ्रेन्क जाम्बो एन्गुइसालाई बराबरीमा ल्याए ।
निको पाजले ८४ औं मिनेटमा रियललाई ३–१ को अग्रता दिलाएका थिए । इन्जुरी समयमा बेलिंघमको एसिस्टमा जोसेलुले चौथों गोल गरेका थिए ।
रियल यसअघिनै नकआउट चरण प्रवेश गरिसकेकेका छ ।
Categorized in स्पाेर्ट्स