arin enterprises

रेडक्रसले संक्रामक रोग न्यूनिकरण अभियान चलाउने

SamacharDesk | २०८१ बैशाख १०, सोमबार

नेपाल रेडक्रसले गैर–संक्रामक रोग न्युनिकरण अभियान गर्ने भएको छ ।

उसले पश्चिमी नेपालका नगरपालिकाहरूमा गैर–संक्रामक रोगको जोखिम कम गर्ने अभियान शुरु गरेको छ  । सोसाइटीले आज काठमाडौंमा एक कार्यक्रम गरी उक्त अभियानको शुरुवात गरेको हो ।

रेडक्रसले लामो समयदेखि विपद् पूर्वतयारी तथा प्रतिकार्यमा काम गर्दै आर्ईरहेको अवस्थामा गैरसंक्रामक रोग बिरुद्ध पनि काम गर्नु महत्वपूर्ण कदम रहेको छ ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले डेनिस रेडक्रसको संयोजन तथा आरहंस विश्वविद्यालय र क्यानेडियन रेडक्रसको साझेदारीमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्लाका दुई पालिकाहरु भजनी नगरपालिका र लालझाण्डी गाउँपालिकामा परियोजना संचालन हुने बताउनु भयो ।

उहाँले विश्वव्यापी रूपमा हृदय रोग, मधुमेह, मानसिक स्वास्थ्य समस्याहरू र दीर्घकालीन श्वासप्रश्वास रोगहरू सहित विभिन्न गैरसंक्रामक रोगहरूले लगभग ४ करोड मानिसहरुको मृत्यु हुने गरेको देखिएको बताउनु भयो ।

उहाँले कम आय र मध्यम आय भएका देशहरूमा हुने गैरसंक्रामक रोगहरुको कारण वित्तीय भार सन् २०११ देखि २०३० को बीचमा आश्चर्यजनक रुपमा २१.३ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको बताउनु भयो ।

उहाँले प्राकृतिक प्रकोप र आपतकालिन समयहरूमा गैरसंक्रामक रोगहरुले जटिलता थप्दै लगेको बताउनु भयो । उहाँले नेपालले बाढी, पहिरो, भूकम्प, खडेरी र महामारी लगायतका प्राकृतिक प्रकोपहरूको सामना गरिरहेको बताउनु भयो ।

रेडक्रसले गैरसंक्रामक रोग लागेका मानिसहरुको मात्र नभई समुदायको उत्थानशिलतामा सहयोग पु¥याउनका लागि यस परियोजनालाई पहिलो पाईलाको रुपमा लिएको जनाएको छ ।

यो अभियानले परियोजनाको उपलब्धिले नेपाल रेडक्रसलाई पारम्परिक काम गराईबाट वैज्ञानिक रुपमा काम गर्नका लागि रुपान्तरण गर्न मदद्त गर्ने आशा राखेको छ  यस परियोजनामार्फत नेपाल रेडक्रस सोसाईटीको विद्यमान औजार र अवधारणा परिमार्जित गर्दै संस्थागत पूर्वतयारी लागि समेत सहयोग गर्नेछ ।

Categorized in राष्ट्रिय