arin enterprises

“रेड एड्भाइजरी”जारी भएको समयमा रात्रिकालिन बस बन्द हुने

SamacharDesk | २०८१ आषाढ २९, शुक्रबार

गृह मन्त्रालयले “रेड एड्भाइजरी” (उच्च जोखिमको सूचना) जारी भएका दिन तोकिएका जिल्लाहरूमा  रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने भएका छन् ।

शुक्रबार गृहमन्त्रालयको विपद तथा द्वन्द्व व्यवस्थापन मशाखा र यातायात व्यवसायीका प्रतिनिधिहरूबीच भएको छलफलबाट यस्तो निर्णय गरेको हो ।

शुक्रबार विहान नारायणगढ-मुग्लिन सडक २ वटा बस त्रिशूलीमा खरेर यात्रु बेपत्ता भएपछि मन्त्रालयमा यातायात व्यवसायीसँग छलफल भएको हो ।

यसको कार्यतालिका यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा। भीष्मकुमार भूसालले जानकारी दिए ।

यसका लागि मौसम पूर्वानुमान महाशाखाको ३ दिनको मौसम पूर्वानुमानलाई हेरेर भारी वर्षा हुने क्षेत्र अर्थात् रेड जोन एरिया घोषणा गरी सूचना प्रवाह गरिने जनाइएको छ ।

बैठकमा सवारी साधन जाममा परेको स्थानमा हुने कालोबजारी र चोरीजस्ता विषय नियन्त्रणका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कडा निगरानी, अनुगमन र कालोबजारी ऐन अन्तर्गत तत्काल कारबाही गर्ने व्यवस्था मिलाउने निर्णय भएको भुषाले जानकारी दिए ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।

अहिलेसम्म दुवै बसको अवस्था पत्ता लागेको छैन । आज साँझसम्म पनि खोजतलास गर्दा नभेटिएपछि उद्धार कार्य भोलि गरिने जनाइएको छ ।

Categorized in राष्ट्रिय