रास्वपालाई पुनः सरकारमा ल्याउँछौं : मन्त्री शर्मा
SamacharDesk | २०७९ माघ २४, मंगलबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार बसेको मन्त्रीपरिषद निर्णय सार्वजनिक गरेको छ ।
गत हप्ता कृषकहरुले तरकारी फालेर बिरोध गरेपछि त्यसको समाधानकोे लागि किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने छलफल भएको बताउनुभयो ।
त्यस्तै नागरिक विधयेक चाँडै नै अघि बढाउने निर्णय भएको मन्त्री शर्माले सार्वजनिक गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।
मंगलवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको उत्तर दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिसकेकाले सरकार संकटमा नरहेको बताउनु भयो ।
उहाँले सरकार छोड्नु पार्टीको स्वतन्त्र अधिकार भएकाले अहिले पार्टीलाई पुनः सरकारमा ल्याउन राजनीतिक ढंगबाट पहल गरिएको बताउनु भयो । मन्त्रीपरिषदको निर्णयमा बोल्दै मन्त्री शर्माले कृषकहरुले तरकारी फालेर बिरोध जनाइरहेको बारेमा सरकारको ध्यानाकर्षण भएको बताउनु भयो ।
उहाँले कृषिजन्य पदार्थ उत्पादनमा जोड दिने भनिरहँदा बजार भाउ र समर्थन मूल्य नतोकिँदा समस्या आएकाले अब सरकारले उत्पादक र उपभोक्ताको बीचमा जुन ग्यापलाई समाधान गर्ने बारेमा छलफल भएको बताउनु भयो ।
उहाँले किसान र उपभोक्ता बीचका विक्रेताका लागि लाइसेन्सको व्यवस्था गर्ने बारेमा पनि मन्त्रालयस्तरीय बैठकमा छलफल भएको बताउनु भयो ।
मन्त्री शर्माले ५ दिनसम्म प्रतिनिधि सभा अन्तर्गतका समिति बनिसक्ने बताउनु भयो । उहाँले समितिहरु निर्माण गर्न ढिलाइ हुँदा आवश्यक विधेयकहरु पनि संसदमा पेस हुन नसकिरहेको भन्दै समितिहरु निर्माण गरेर विधेयहरु पास गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले संघीय निजामति सेवा ऐन विधेयक पास नहुँदा विभिन्न खाले अफ्ठयारा आएको बताउनु भयो । उहाँले नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा अड्किएर बसेको र चाँडै नै अघि बढाउनुपर्ने आवश्यक्ता सरकारले औंल्याएको बताउनु भयो ।
मन्त्री शर्माले सरकारले संसदमा विधेयक दिनै नसकेको भन्ने नरहेको तर केही ढिलाइ भएको स्पष्ट पार्नुभयो ।
Categorized in राष्ट्रिय