रेखा थापालाई अमेरिकामा पुत्री लाभ
SamacharDesk – बिजयरत्न | २०८० फाल्गुण ११, शुक्रबार

नेपाली चलचित्र जगतकी चर्चित नायिका रेखा थापाले शुक्रबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् ।
उनले अमेरिकामा छोरीलाई जन्म दिएपछि सामाजिक संजालमा छोरीको तस्वीर समेत सार्वजनिक गरेकी छिन् ।
अहिले रेखा र छोरीको स्वास्थ्य अवस्था राम्रै रहेको बताइएको छ । रेखाका श्रीमान बलराम शाही ठकुरीले अहिले अमेरिकामा पत्नी र छोरीको हेरचाह गरिरहेका छन् ।
रेखाले छोरीको नाम समेत राखिसकेकी छिन् । रेखाले आफ्नी छोरीको नाम वैभवी राज्यलक्ष्मी शाह राखेकी हुन् ।
“हेर आकाशमा कालो बादल वरिपरी चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मिनुको महान कारण छ’ छोरी जन्मपछि सामाजिक संजालमा रेखाले स्टाटसमा लेखेकी छिन् ।
Categorized in पेजथ्री