धिमेल्वहँमा राहत वितरण सम्पन्न
SamacharDesk – विकाश | २०७७ जेठ ६, मंगलबार

कामपा १५ वडास्थित संयुक्त क्लबले स्वयम्भु क्षेत्र धिमेल्वहँ टोलमा समस्यामा परेकाहरुलाई राहत वितरण गरेको छ ।
विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देशभर लकडाउन जारी रहँदा दैनिकी गुजारा गर्न समस्यामा परेको परिवारलाई क्लबले राहत वितरण गरेको हो ।
लकडाउनका कारण घरमै बस्न बाध्य भई बिहान बेलुकाको छाक टार्न समेत समस्या हुने डेरामा बस्ने घरधनी समेत गरी ३५ घरपरिवारलाई राहत वितरण गरेको क्लबका महासचिव निरज श्रेष्ठले बताउनुभयो ।
सो अवसरमा क्लवका का.वा. अध्यक्ष दिपक मुनि बज्राचार्य, कोषाध्यक्ष बिश्वमोहन राजभण्डारी, क्लवका सदस्यहरु, स्थानीय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।
Categorized in समाज