arin enterprises

पत्रकारहरु नयाँ नेतृत्व छान्दै

SamacharDesk | २०८१ मङ्सिर २८, शुक्रबार

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज मतदान भइरहेको छ ।

महासङ्घको आगामी अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाले उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोसन पुरी तथा उपाध्यक्ष महिलामा गंगा पौडेल र नितु पण्डितको उम्मेदवारी परेको छ ।

त्यस्तै समावेशी उपाध्यक्षमा उमिदप्रसाद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साहले उम्मेदवारी दिएका छन्। त्यस्तै, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।

केन्द्रीय समिति, १० प्रदेश समिति, ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि एकसाथ मतदान भईरहेको छ ।

Categorized in राष्ट्रिय