एमाले १५ वडा कमिटीबाट समानान्तर अधिबेशन प्रतिनिधि चयन
SamacharDesk – बिराज | २०७८ पौष २१, बुधबार

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको छैठौं अधिवेसनका लागि नेकपा एमाले १५ वडा कमिटीबाट प्रतिनिधि चयन गरिएको छ । वडा कमिटीले समान्तर समावेशी रूपमा अधिबेशन प्रतिनिधि चयन गरेको हो ।
सर्बसम्मत चयन भएका प्रतिनिधिहरूमा धावा रुम्बा, सीता लामा, लक्ष्मण शाही र निसारउद्दिन रहेका छन् । मुस्लिम समुदायको प्रतिनिधिको रुपमा निसारउद्दीनलाई चयन गरिएको हो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्यबाट अवकाश प्राप्त गर्न लागेका निसारउद्दीनलाई कमिटीविहिन नहुने गरि आफ्नै भूगोलमा स्थान कायम गर्ने गरि प्रतिनिधि चयन गरिएको बताइएको छ ।
युवा वर्गको प्रतिनिधित्व गर्दै प्रतिनिधि चुनिएका लक्ष्मण शाहीले विगतमा एमाले काठमाडौं महानगर कमिटीको कानुन बिभागको प्रमुखको भूमिकासमेत निर्वाह गरेका छन् ।
जनजातीतर्फबाट धावा रुम्बालाई प्रतिनिधि चयन गरिएको हो । त्यस्तै नेकपा एमाले १५ वडा कमिटीको साथै अखिल नेपाल महिला संघ जिल्ला कमिटीमा समेत रहँदै आएकी सीता लामालाई महिला प्रतिनिधिको रुपमा चयन गरिएको छ ।
Categorized in राजनीति