arin enterprises

आइरिश कलाकार रे स्टिभेन्सनको निधन

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ९, मंगलबार

आइरिश कलाकार रे स्टिभेन्सनको निधन भएको छ । उनको ५८ वर्षको उमेरमा मृत्यु भएको हो  ।

उनको मृत्यु के कारणले भयो भन्ने विस्तृत रुपमा खुलेको छैन।तर इटालीको इस्चिया टापुमा गोली चल्दा उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ । त्यतिबेला उनी एक्सन फिल्म ‘क्यासिनो’ को सुटिङमा थिए ।

स्टिभेन्सनको उत्तरी आयरल्याण्डमा जन्म भएको थियो । आठ वर्षको उमेरमा उनी इङ्गल्याण्ड गएका थिए । 

‘रोम भाइकिंग’ र ‘डेक्सटर’ जस्ता टिभी शोबाट स्टिभेन्सन चर्चित भएका थिए ।

यस्तै उनले भारतीय फिल्म निर्माता एस.एस. राजामौलीको ओस्कार विजेता फिल्म आरआरआरमा खलनायकको भूमिका निभाएका थिए ।

Categorized in पेजथ्री
SKIP THIS maharjan complex bumper adv