arin enterprises

गायक तामाङको अन्त्यष्टि आज

SamacharDesk | २०८० आषाढ २४, आइतबार

गायक तथा कलाकार रोविन तामाङको आज अन्त्येष्टि गरिँदै छ ।

गत मंगलबार बूढानीलकण्ठस्थित आफनै निवासमा मृत्यु भएका रकगायक तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज बिहान ८ बजेदेखि ११ बजेसम्म संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ ।

अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा उहाँको दाहसंस्कार गर्ने कार्यक्रम रहेको बुझिएको छ । 

रविन एन्ड द लुज ब्यान्डका गायक तामाङले नेपाली पप रक संगीत क्षेत्रमा थुप्रै गीतहरु गाउनुका साथै शुरुमा रोबिन एन्ड लुजा ब्यान्डसँगै नेपाली रक संगीतको यात्रा थालनी गरेका तामाङले पछिल्लो समय रोबिन एन्ड रेभोल्यूसन ब्यान्डलाई अगाडी बढाइरहेका थिए ।

उनी यस ब्यान्डका संस्थापक थिए । तामाङ चलचित्र अभिनयमा समेत सक्रिय हुनुहुन्थ्यो । उनले छड्के, नाका, मुखौटा, चिसो एस्ट्रे लगायतका चलचित्रमा पनि आफ्नो अभिनयको प्रतिभा पनि देखाएका छन् ।

साथमा उनले द लास्ट आवर नामक बलिउड वेब सिरिजमा पनि काम गरेका छन् ।

Categorized in पेजथ्री