रहेनन् रक गायक रोबिन तामाङ
SamacharDesk – बिराज | २०८० आषाढ १९, मंगलबार

नेपाली पप रक संगीत क्षेत्रका चर्चित गायक रोबिन तामाङको निधन भएको छ । ६० वर्षीय तामाङको आज मंगलबार साँझ बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो ।
तामाङकै फेसबुक प्रोफाइलमार्फत उनको मृत्युको पुष्टि गरिएको छ । उनको फेसबुकको भित्तामा तामाङको मृत्यु भएको र थप जानकारी पछि अद्यावधिक गरिने भनी लेखिएको छ ।
उनको मृत्युको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन ।
उनले नेपाली पप रक संगीत क्षेत्रमा थुप्रै गीतहरु दिएका छन् ।
शुरुमा रोबिन एन्ड लुजा ब्यान्डसँगै नेपाली रक संगीतको यात्रा थालनी गरेका तामाङले पछिल्लो समय रोबिन एन्ड रेभोल्यूसन ब्यान्डलाई अगाडी बढाइरहेका थिए । उनी यस ब्यान्डका संस्थापक थिए ।
तामाङले छड्के, नाका, मुखौटा, चिसो एस्ट्रे लगायतका चलचित्रमा पनि आफ्नो अभिनयको प्रतिभा पनि देखाएका छन् । साथमा उनले द लास्ट आवर नामक बलिउड वेब सिरिजमा पनि काम गरेका छन् ।
गायक दीपक बज्राचार्य, संचारकर्मी प्रभात रिमाल, अस्तित्त्व ब्यान्ड, सबिन राई, रोहण श्रेष्ठ लगायतका कलाकारहरुले सामाजिक संजालमार्फत स्वर्गीय तामाङलाई श्रद्धान्जली दिएका छन् ।
Categorized in पेजथ्री