रोड्रिगो २०२८ सम्म रियल म्याड्रिडमै रहने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १८, शनिबार

रियल म्याड्रिड फरवार्ड रोड्रिगोले क्लबसँग सम्झौता नविकरण गरेका छन् । ब्राजिली फरवार्डरले रियलसँग सन् २०२८ सम्म रहने गरि सम्झौता नविकरण गरेका हुन् ।
२२ वर्षीय रोड्रिगो स्पेनिस क्लबमा १८ वर्षको उमेरमा ब्राजिली क्लब सान्तोषबाट गएका थिए ।
उनले रियलबाट १ सय ७९ खेलमा ३९ गोल गरेका छन् । यस्तै ब्राजिलबाट पनि १८ क्याप जितेका छन् ।
रियलमा रही उनले दुई ला लिगा, कोपा डेल रे, च्याम्पियन्स लिग, युरोपियन सुपर कप र क्लब विश्वकप जितेका थिए ।
यसअघि उनका सहकर्मी जुनिसियस जुनियरले पनि सन् २०२७ सम्म क्लबमै रहने गरि सम्झौता नविकरण गरेका थिए ।
Categorized in स्पाेर्ट्स