नासामा छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता
SamacharDesk – आकाश राजोपाध्याय | २०८० फाल्गुण १६, बुधबार

सगरमाथा आरोही र पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनेकी छिन् ।
यसअघि उनले अमेरिकाको मेरिल्याण्डको बाल्टीमोरस्थित स्पेस टेलिस्कोप साइन्स इस्न्टिच्युटमा छात्रवृत्तिमा अध्ययन गरिसकेकी छिन् ।
विश्वभरबाट पाँच सय आवेदकमध्ये १४ जनामा छनौट भएसँगै बुद्धाचार्यलाई स्पेस टेलिस्कोप साइन्स इन्स्ट्च्यिुटमा अध्ययन गर्ने अवसर मिलेको थियो ।
नासामा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल रोजिता बुधबार अध्ययनका लागि नासा प्रस्थान गरेकी छिन् ।
यस अघि नासामा अध्ययन गर्ने पहिलो नेपाली महिला वैज्ञानिकलाई मोतीदेवी स्मृति केन्द्रले शाहसिक महिला, सगरमाथा आरोही तथा युवा वैज्ञानिकको रुपमा सम्मान गरेको थियो ।
कार्यक्रममा सम्मान ग्रहण पछि बोल्ने क्रममा भावुक हुँदै उनले विगतको दिनमा आफ्नो आर्थिक अवस्था कमजोर हुँदा खेप्नुपरेको समस्या र दुःखको स्मरण गरिन् ।
रोजिताले अन्तरिक्षयात्री बन्ने लक्ष्यसहित नासामा अध्ययन गर्ने प्रतिवद्धता जनाएकि छिन् ।
Categorized in राष्ट्रिय