दशैंमा रुट परमिट खुला
SamacharDesk | २०८१ आश्विन ९, बुधबार

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला हुने भएको हो ।
यसले दशैंमा यातायात व्यवसायीले सबै क्षेत्रमा यातायात सञ्चालन गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको विभागले जनाएको छ ।
साथै बैठकले आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ । घटस्थापनादेखि रुट परमिट खुला गर्ने निर्णय गरेको हो ।
यात्रुबाहक सवारी साधनलाई नेपालभर लागु हुने गरी रुट परमिट खुला गरिएतापनि विशेष प्रकृतिका कारण बाटोमा चल्न निषेध गरिएका सार्वजनिक सवारीको सञ्चालनमा बन्देज भने कायमै रहने पनि विभागले प्रष्ट गरेको छ ।
Categorized in राष्ट्रिय