रुस–युक्रेन युद्धमा मारिएका नेपालीले क्षतिपूर्ति पाउने
SamacharDesk | २०८० माघ ८, सोमबार
युक्रेनमा मारिएका नेपालीका परिवारले रुसबाट क्षतिपूर्ति पाउने संकेत मिलेको छ ।
मस्कोस्थित नेपाली राजदुतावास र रुसी अधिकारीहरुबिच लगातार भएको संवादपछि रुस क्षतीपूर्ती दिने विषयमा सहमत भएको बताईएको छ ।
यद्यपी नेपाल सरकार वा रुसी पक्षले यसबारे आधिकारिक जानकारी गराएका छैनन् । नेपालले पनि रुसी सैनिक सरह नै क्षतिपूर्ति पाउने जनाइएको छ ।
रुसले आप्mनो सैनिक सरह नै नेपालीहरुलाई पनि ७५ लाख रुपैयाँ क्षतिपूर्ति दिन लागेको हो । तर क्षतिपूर्ति दिए पनि युद्धमा मारिएका नेपालीको शब भने नेपाल फर्काउन नसक्ने जनाएको छ ।
रुस युक्रेन युद्धमा अहिलेसम्म १२ जना नेपालीको मृत्यु भईसकेको छ भने कम्तीमा दुई जनालाई युक्रेनी सेनाले नियन्त्रणमा राखेको छ ।
रुसी सेनामा ५ सय जना नेपाली भर्ती भएको हनुसक्ने अनुमान गरिएको छ ।
Categorized in राष्ट्रिय